१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ श्रावण १ शुक्रबार १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि रुम्जाटार अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार १८:५५:oo

अस्पतालमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । एन्टिजेन परीक्षणमा अस्पतालमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो । 

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीबाट अन्यमा संक्रमण नफैलियोस् भनेर अत्यावश्यकबाहेकका सेवा बन्द गरेर सतर्कता अपनाइएको अस्पताल प्रमुख डा. दीक्षान्त प्रसाईंले जानकारी दिए ।

कर्मचारीहरूमा ज्वरो आउने, अत्यधिक रुघा लाग्ने र श्वास फेर्न समस्या भएपछि एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएकाहरूको पिसिआर परीक्षणका लागि स्वाब पठाउने तयारी भइरहेको छ । 

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या दुई सय ७८ छ । १२ सय ५० जनाले कोरो संक्रमण जितेका छन् ।हालसम्म एक हजार पाँच सय २६ जनामा संक्रमण पुष्टि भएकोमा कोरोना संक्रमणकै कारण नाैजनाले ज्यान गुमाएका छन् ।