Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २४ बिहीबार ११:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंक र निजामती अस्पतालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २४ बिहीबार ११:५३:००

कृषि विकास बैंक लिमिटेड र निजामती अस्पतालबीच अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको छ । १० वर्षका लागि भएको सम्झौतामा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौताले अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारणसमेतलाई विविध बैंकिङ सेवाहरू सहज रूपमा उपलब्ध हुने जनाइएको छ । बैंकले आफ्नो सेवा विस्तारका क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्यसहित साउन महिनादेखि उल्लेखित सेवा सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालको बिलिङ काउन्टर बैंकले सञ्चालन भएपछि अस्पतालको सो सेवासमेत अझै प्रभावकारी हुने विश्वास लिइएको बैंकले जनाएको छ । बैंकले हाल देशको सबै जिल्लामा एक्सटेन्सन काउन्टरसमेत गरी २ सय ८० शाखा सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ ।