मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ असार २४ बिहीबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध : सात जिल्लाको यातायात ठप्प 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ असार २४ बिहीबार १०:२९:००

डडेल्धुरामा पहिरोले सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयले जनाएका छन् । 

राजमार्ग सुचारु गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन् । ठूलाठूला ढुंगासहित पहिरो खसेकाले सुचारु हुन अझै समय लाग्ने  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा हजाराैँ यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको डडेल्धुरा प्रहरीले जनाएको छ  ।