१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई माइक्रोवेभ ओभन प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४९:oo

गोल्छा ग्रुपले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई माइक्रोवेभ ओभन सहयोग गरेको छ । ग्रुपले सामसङ कम्पनीका ३० वटा ओभन सहयोग गरेको हो ।

 गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले एक समारोहमा त्रिभुवन विश्वविद्यालयका डिन, इन्स्टिच्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेको जनाइएको छ । कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल संगठनले आयोजना गरेको थियो ।  

सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई उनीहरूको खटिनुपर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्ने महसुस गरेका छौँ ।’ निःस्वार्थी र समर्पित स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पाउँदा ग्रुप नै कृतज्ञ रहेको उनको भनाइ थियो ।

ad
ad