१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको पराल्मीकी कोपिला १० दिनदेखि छोराछोरीसहित बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:४६:oo

गुल्मीमा दुई सन्तानसहित आमा बेपत्ता भएकी छिन्। जिल्लाको रेसुंगा नगरपालिका– १४ पराल्मीकी ३० वर्षीया कोपिला विक १२ वैशाखदेखि बेपत्ता छिन्। उनको साथमा एक वर्षका छोरा शीर्षक र १० वर्षीया छोरी मनीषा पनि छन्। 

आफू काममा गएको वेला छोरालाई औषधि गर्न गाउँ जान्छु भनेर हिँडेको श्रीमान् कृष्ण विक बताउँछन्। आफन्तहरूले सबैतिर खोजतलास गर्दा पनि केही पत्ता नलागेको विकले बताए। उनका अनुसार मजुवा हुँदै बुटवलसम्म देख्नेहरू भए पनि अरू केही पत्ता लागेको छैन।

कोपिलाको नागरिकता छैन। काठमाडौंमा रहेका भाइसँग बुबाआमाको नागरिकता भएकाले उनले अरु वेला पनि लिन जान्छु भन्ने गरेको श्रीमानले सुनाए। तर, कहिल्यै काठमाडौं नगएको र भाइको सम्पर्क नम्बर नै नभएको विकले बताए। 

आफूहरूबीच कहिल्यै घरझगडा नभएको र काम गरेरै भए पनि खुसीले राखेको विकको भनाइ छ। मजुवा प्रहरीमा कोपिला बेपत्ता भएको सूचना दिए पनि अहिलेसम्म केही खबर नआएको विकले बताए। ‘काममा गएको मान्छे घर आउँदा छोरीछोरीसहित श्रीमती थिइनन्। प्रहरीलाई भनेँ, आफन्तकोमा खोजेँ केही पत्तो लागेन,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले सबै प्रहरी युनिटमा परिपत्र भैसकेको बताए। उनले कोपिला विकले मोबाइल नचलाउने भएकाले खोजतलासबाहेकको उपाय नभएको बताए।

ad
ad