१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Saturday, 05 July, 2025
२o७८ असार २० आइतबार १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुधार केन्द्रका सञ्चालक गाँजासहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार २० आइतबार १५:१४:oo

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको एक सुधार केन्द्रका सञ्चालकलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । प्रहरी कार्यालयमा पटकपटक गुनासो आएपछि अनुगमन गर्ने क्रममा सुधार केन्द्रका सञ्चालकको साथमा गाँजा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

हेटौँडा– ९ लामसुरेस्थित दीपकला प्रतिष्ठान सुधार केन्द्रका सञ्चालक हेटौँडा– ४ बस्ने ३५ वर्षीय राजीवनरसिंह श्रेष्ठ र हेटौँडा– ९ बस्ने २८ वर्षीय जोएल श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

उनका अनुसार प्रहरीले राजीवको साथबाट तीन ग्राम गाँजा फेला पारेको थियो । सुधार केन्द्रभित्र लागुऔषध प्रयोग गरिँदै आएको जनगुनासो आएपछि प्रशासनसहितको टोलीले अनुगमन गरेको दासले बताए ।