१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Monday, 01 July, 2024
सोनी राई सोलुखुम्बु
२o७८ असार २० आइतबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश प्रिन्ट संस्करण

बक्यौता बुझाउन अटेरी गर्दै हेली कम्पनी निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ असार २० आइतबार o९:५८:oo

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को करिब सवा करोड शुल्क बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका हुन् । 

बक्यौता देखिएको भन्दै १५ दिनभित्र बुझाउन ११ वटा हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जले ताकेता गरेको भए पनि बक्यौता बुझाउन हेली कम्पनीले अटेर गरेको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले जेठ १० गते पत्र लेख्दै हेली कम्पनीलाई बक्यौता बुझाउन आग्रह गरेको थियो ।

हेली कम्पनीले बक्यौता बुझाउन अटेर गरेकाले विभागमा पत्र लेखिने र कारबाहीमा प्रक्रिया अघि बढाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । कैलाश एयरले आव ०७५/७६ कै ८ लाख ६१ हजार बुझाउन बाँकी रहेको छ ।

त्यस्तै, सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलीको १३ लाख ८६ हजार, माउन्टेनले ७ लाख ४१ हजार र डाइनेस्टीले ७ लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्यांक छ । अन्य सात कम्पनीहरूको भने ४ लाखभन्दा मुनि बक्यौता रकम रहेको निकुञ्जले जनाएको छ । तर, हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको बताउँदै आएका छन् ।

ad
ad
ad
ad