१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनता आवासले दिएको दुःख ः बर्खामा भिजेरै दिनरात कटाउँछन् डुम समुदाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o३:oo

महोत्तरीको महोत्तरी गाउँपालिका– ५ हररी गाउँमा १७ घर डुम समुदायको बसोवास छ । सोमध्ये १० परिवारले जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे घर पाएका छन् । तर, गत वर्षदेखि बनिरहेको उक्त दुईकोठे घरको छानो अझै छाइएको छैन । घरमाथि पाल राखेर शरीर लुकाएका छन्  ती परिवारले ।

सांसद मञ्जु यादवको कोटामा बनिरहेका उक्त घरहरू कहिले पूर्ण हुने र वर्षायाममा ती परिवारले राहत पाउने अझै अन्याेल छ । विगत केही दिनदेखिको निरन्तरको वर्षाका कारण पाल र प्लास्टिकबट पानी चुहिएर भिजिरहेका छन् । घरभित्रको अन्न भिजेका छन् ।  बिच्छ्याउना सबै भिजेको छ ।  

पानी परेको वेला खानासमेत पकाउने ठाउँ नहुँदा कहिले पानी बस्छ र पकाउँला भनेर बस्नुपर्ने स्थानीय निरो मल्लिक (डुम) ले गुनासो गरिन् । भिजेको कपडा लगाउन बाध्य हुँदा बच्चाहरूसमेत बिरामी पर्न थालेको उनी बताउँछिन् । घाम लागेको वेला ठिकै भए पनि पानी परेको वेला निक्कै सास्ती भोग्नुपरेको उनको दुःखेसो छ । 

वृद्धा दुलारी देवीले पाँच पसेरी (२५ किलो) चामल पानीकै कारण कुहिएको दुखेसो पोखिन् । जेनतेन घर बने पनि छानोकै अभावमा अन्न कुहिएपछि गरिब परिवारले कहाँबाट ल्याउने चिन्ताले सताएको उनी बताउँछिन् । 

त्यति मात्र होइन, घर बनाउँदा सिमेन्टको मात्रा कम भएर अहिले घर नै कमजोर रहेको बताउँछिन् । तीन लाख ३६  हजार प्रतिघर बनाउन खर्च पर्ने भए पनि हालसम्म करिब ९ लाख मात्र पैसा आएको निर्माण समितिको अध्यक्ष उपेन्द्र मल्लिकको भनाइ छ । उनी घर बनाउन समयमै पैसासमेत नआउँदा अझै छानो हाल्न नसकिएको बताउँछन् । 

 

ad
ad