मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार १७ बिहीबार १४:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले कार्यालय बगाएपछि नासाेँ गाउँपालिकाको अस्थायी कार्यालय बेंसीसहरमा 

Read Time : < 1 मिनेट
२०७८ असार १७ बिहीबार १४:२४:००

जेठ ३१ गते रातिदेखिको भीषण वर्षासँगै मर्स्याङ्दीमा आएको बाढीले नासोँ गाउँपालिकाको कार्यालय बगाएपछि गाउँपालिकाबाट प्रदान गर्ने सेवा प्रभावित भएको छ । बाढीले मनाङको नासोँ गाउँपालिकाको कार्यालयसँगै धारापानी बजार पनि बगाएको छ । 

बाढीले कार्यालय बगाएपछि गाउँपालिकाको कार्यपालिका बैठकले बेंसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै बेंसीसहरबाट सेवा प्रवाह सुरु गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

गाउँपालिकाले कारोबार गर्ने बैंक बेंसीसहरमा रहेकाले पनि बेंसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गरिएको अध्यक्ष घलेको भनाइ छ । बाढीले चामे जाने बाटोसमेत बगाएको र विद्युत् अवरुद्ध भएकाले बेंसीसहरबाट कामकाज हुने गरी निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

धारापानीका सबै स्थानीय ओडार गाउँको आमा समूहको भवनमा बसेका छन् । धारापानीमा रहेका गाउँपालिका कार्यालयसहित प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी धारापानी, पर्यटकीय होटेलसहित स्थानीयका १० घर मर्स्याङ्दीले बगाएको छ ।