१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १७ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १७ बिहीबार o७:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १७ बिहीबार o७:५९:oo

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा विनाधितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ । बैंक तथा नेपाल प्रहरीबीचको पुरानो सम्झौतालाई नै नवीकरण गरिएको हो । 

सम्झौतामा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ । २०७३ साल असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी पाँच वर्षका लागि थप सेवासहित नवीकरण गरिएको तथा तथा विनाधितो पेसाकर्मी सरल कर्जा उपलब्ध गराउने सहमति भएको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए । कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्यहितका लागि सहयोग गरिएको श्रेष्ठले बताए ।