१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १६ बुधबार
  • Wednesday, 03 July, 2024
सोनी राई सोलुखुम्बु
२o७८ असार १६ बुधबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बेरुजु बुझाउन अटेरी गर्दै हेली कम्पनी, निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ असार १६ बुधबार १३:o१:oo

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बेरुजु बुझाउन हेलिकाेप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को करिब सवा करोड बेरुजु देखिएको भन्दै १५ दिनभित्र बुझाउन ११ वटा हेलिकाेप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जले ताकेता गरेको भए पनि बेरुजु बुझाउन हेली कम्पनीले अटेरी गरेका हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जले जेठ १० गते पत्र लेख्दै हेली कम्पनीलाई बेरुजु बुझाउन आग्रह गरेको थियो । हेली कम्पनीले बेरुजु बुझाउन अटेरी गरेकाले विभागमा पत्र लेखिने र कारबाहीमा प्रक्रिया अघि बढाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए । 

कैलाश एयरले आ.व. ०७५/७६ कै आठ लाख ६१ हजार बुझाउन बाँकी रहेको छ । त्यस्तै, सिम्रिकको १८ लाख तीन हजार, एभरेस्ट हेलीको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र डाइनेष्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्यांक छ । 

अन्य सात कम्पनीहको भने चार लाखभन्दा मुनि बेरुजु रकम रहेको निकुञ्जले जनाएको छ । तर, हेलिकाेप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको बताउँदै आएका छन् ।
 

ad
ad
ad
ad