नेपाल चिकित्सक संघले कोरोना महामारीमा ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र अभद्र व्यवहार हुनु निन्दनीय र क्रुर घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
दोलखाको तामाकोसी गाउँपालिकाको कोभिड अस्पताल मालुमा कार्यरत डा. रोबिस कार्कीलगायत अन्य स्वास्थ्यकर्मीमाथि भएको हातपात र अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको भन्दै संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरेर कारबाहीकाे माग गरेका हुन् ।