धितोपत्र बोर्डको निर्देशनपछि राफसाफ कोषमा जान नेप्से तयार भएको छ । तर, सिडिएससी र ब्रोकरहरू भने छलफलमै रहेका छन् । बोर्डले तीनवटै निकायलाई साउनबाट राफसाफ कोष कार्यान्वयनमा ल्याउन ४ जेठमा निर्देशन दिएको थियो । खरिदकर्ताले खरिद गरेको सेयरको भुक्तानी समयमै गर्न नसकेमा कारोबार राफसाफका लागि ब्रोकरले राफसाफ कोषबाट नगद सापटी लिन पाउँछन् । कोषमा रकम अभाव भएर कार्यान्वयनमा नआएको भन्दै बोर्डले भुक्तानीको सुनिश्चित गर्न भनेको थियो । बोर्डले आर्थिक वर्ष ०७७/७८ भित्र ५० करोड, आव ०७८/७९ भित्र थप ३० करोड र आव ०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्बको कार्यान्वयनयोग्य कोष स्थापना गरी सञ्चालन ल्याउन भनेको छ ।
बजारलाई व्यवस्थित र अनुशासित राख्न राफसाफ कोष नगण्य भएको भन्दै नेप्सेलाई बोर्डले पटक–पटक ध्यानाकर्षण गराउँदै आइरहेको थिया । बोर्डको निर्देशन स्वाभाविक र आवश्यक रहेको भन्दै कोष जान कुुनै समस्या नभएको नेप्सेका प्रवक्ता मुराहरि पराजुुलीले बताए । ‘कोषमा जानुुपर्छ अन्य निकाय पनि छलफलमा हुुनुहुुन्छ, साउनबाट कोषमा पैसा जम्मा हुुन्छ,’ पराजुुलीले भने ।
राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम र राफसाफ सदस्यहरू (ब्रोकर) ले समग्रमा कोषको २० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । ब्रोकर व्यवसायी संघका अध्यक्ष सन्तोष मैनालीले कोषमा जाने विषय छलफलमै रहेको बताए ।
‘अहिलेसम्म स्पष्ट धारण बनाएका छैनौँ, कोषमा गएपछि रकमको कसरी व्यवस्थापन हुुन्छ, कसरी जाने भन्नेमै छलफलमा छौँ,’ उनले भने । यता सिडिएससीले पनि कोषमा जाने सम्बन्धमा स्षष्ट धारणा बनाउन सकेको छैन । सिडिएससीका प्रवक्ता सुरेश न्योैपानेले पनि आफूहरू छलफलकै क्रममा रहेको बताए । ‘अन्य निकायसँगै बसेर छलफल गरेर मात्र अघि बढ्ने तयारी छ । हेरौँ, तोकिएकै समयमा जाने भन्ने त छ, तर केही कुराहरू छन्,’ उनले भने ।
ऐनबमोजिम काम गरेकाले कोष तोकिएकै समयमा सञ्चालनमा आउने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘अहिलेको जस्तो कोषमा पैसा जम्मा गर्ने हो भने वर्षौँ लाग्न सक्छ । त्यसैले लगानीकर्ताको भुुक्तानी सुनिश्चितताका लागि भए पनि कोषमा आउनैपर्नेछ,’ ढुुंगानाले भने ।