मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार ११ शुक्रबार
  • Saturday, 12 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७८ असार ११ शुक्रबार १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभा : बजेटमाथिको छलफल गर्न बसेको संसद् बैठक एमालेद्वारा अवरुद्ध

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ असार ११ शुक्रबार १५:४१:oo

कर्णाली प्रदेश सभाको आगामी आर्थिक वर्ष ०७८/७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल गर्न बसेको बैठक सञ्चालन नहुँदै एमालेले अवरुद्ध गरेको छ । गत असार १ गते कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सभाको आगामी आर्थिक वर्ष ०७८/७९ का लागि प्रदेश सरकारको बजेट पेस गरेका थिए । 

बजेट पेस भएको १० दिनसम्म पनि बजेटमाथिको छलफल सत्ता र प्रतिपक्षीबीचको कलहका कारण बजेटमाथिको छलफल सुरु हुन नसकेको छैन । बजेट सार्वजनिक गरेर गत २ गते बुधबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक बस्दै नबसी १० दिन बितेका छन् । 

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले विषयगत मन्त्रालयको बजेटको किताब उपलब्ध नगराएसम्म संसद् सुरु हुन नसक्ने भनेपछि बैठक स्थगित गरिएको बैठक शुक्रबार सरकारले रातो किताव ल्याएपछि पुनः आज शुक्रबार बसेको बैठक एमाले पुनः अवरुद्ध पारेको हो । 

शुक्रबार बैठकमा सभामुख राजबहादुर शाहीले बैठक सुचारु भएको जानकारी दिएपछि एमालेका प्रमुख सचेतक गुलावजंग शाहले एमालेका सांसद सरकारमा रहेको उनीहरुले प्रदेश सरकारबाट हटाउन माग गरेका थिए । ‘बाहिर एमाले पनि सरकारमा सामेल भएको हल्ला छ,’ उनले भने, ‘हाम्रो दलको नेताले भनेको कुरा प्रदेश सरकारले मानेनन् ।’

दलिय व्यवस्थाअनुसार एमाले सरकारमा सामेल नभएको एमालेका सांसदहरू सरकारमा रहने वा राख्ने कुनै नैतिकता नभएका कारणले संसद् बैठक चल्न नदिने सचेतक शाहले बताए । बजेटमाथिको छलफलजस्तो गम्भीर विषय भएका कारणले सांसदहरूलाई बस्न सभामुख शाहीले आग्रह गरेका थिए । तर, सांसदहरू बस्न नमानेपछि सभामुख शाहले अर्को बैठक असार १३ गते आइतबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।