१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ७ सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ असार ७ सोमबार १६:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाढीले सडक बगाएपछि मनाङ सडकसम्पर्क विच्छेद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ७ सोमबार १६:४२:oo

हिमाली जिल्ला मनाङ सडकसम्पर्कबाट विच्छेद भएको छ । बेसीसहर–चामे सडकखण्ड बाढीले अवरुद्ध बनाएको हो । बाढीले बेसीसहर–चामे सडकखण्ड छियाछिया बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । 

उनले भने, ‘निरन्तरको वर्षासँगै विभिन्न खोलामा आएको बाढीले बेसीसहर–चामे सडकको ठाउँठाउँमा सडक भत्किएको छ भने केही ठाउँमा बाढीले सडक बगाएको छ ।’ गत १ असारको बाढीले बेसीसहर–चामे सडक अवरुद्ध भएकाले खाद्यान्नलगायतका अत्यावश्यक सामानसमेत हेलिकोप्टरको माध्यमबाट ल्याउनुपर्र्ने बाध्यता रहेको लामिछानेले बताए । 


मनाङमा बाढीले बेसीसहर–चामे सडकखण्डको ४० प्रतिशत सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । लामिछानेका अनुसार बेसीसहर–चामे सडकमा धेरै क्षति भएकाले एक महिनामा सञ्चालनमा आउँदैन । 

मनाङका प्रहरी प्रमुख डिएसपी सु्वास खड्काले बाढीले मनाङमा सडक सम्पर्क टुटेकाले हवाईबाहेक अरू विकल्प नभएको बताए । उनले भने, ‘प्रहरीलाई बाढीको क्षतिको विवरण संकलन गर्न जान पनि समस्या भएको छ ।’ 

प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका केही घर भत्किएका छन् केही घरहरू उच्च जोखिममा छन् । बाढीले नासोँ गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ । 

नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार नासोँ गाउँपालिकाको १ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोचे र ६ र ७ तिल्चे र ताचै बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । 

जिल्लाको चारवटा स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा बाढीले क्षति पु¥याएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले भने, ‘प्रभावित क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली जाने प्रयास गरे पनि चामे बजारको बीचबाट बग्ने घट्टेखोलाको बाढीले खोला तर्न नसकेर बाटोबाटै टोली फर्कियो ।’

नासोँ गाउँपालिका– २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बाढीले खानेपानीको पाइप बगाएपछि आकासेपानीको भर पर्नुपरेको बताए । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बाढीले चामेबजारका ६० बढी घर जोखिममा परेको बताए । ३१ जेठको रातिदेखि परेको निरन्तरको वर्षाले मनाङमा ५६ घर पूर्ण रूपमा क्षति भएको छ । दुई सय घर जोखिममा परेको मनाङ प्रशासनले जनाएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानालामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघुजलविद्युत् र खानेपानीको पाइप बगाएको छ ।

ad
ad
ad
ad