Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार ७ सोमबार ०६:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जातीय विभेद गरेको आरोपमा घरधनी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असार ७ सोमबार ०६:५५:००

जातीय विभेद गर्दै कोठा भाडामा दिन नमानेको आरोपमा बबरमहल घर भएकी सरस्वती प्रधानलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रधानले दलित भएको थाहा पाएपछि आफूलाई कोठा भाडामा दिन इन्कार गरेको भन्दै पत्रकार रूपा सुनारले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा प्रधानलाई अनुसन्धानका लागि पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । प्रधानलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राखिने प्रहरीले जनाएको छ । 

बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिन गएकी सुनारलाई प्रमाण नपुगेको भन्दै प्रहरीले केही घन्टा कुराएको थियो । करिब पाँच घन्टापछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको उनले फेसबुकमार्फत बताएकी थिइन् । ‘१२ बजेदेखिको निरन्तर दबाबले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ उनले फेसबुकमा लेखेकी थिइन् ।

घरधनी प्रधानले कोठा भाडामा दिनुअघि जात सोध्दै दलित समुदायको भन्ने जवाफ पाएपछि भाडामा दिन इन्कार गरेको रूपाले जाहेरीमा उल्लेख गरेकी छिन् । उनले जातीय भेदभाव तथा छुवाछुत ऐनको दफा ४ को उपदफा ३ बमोजिम कारबाहीको माग गरेकी छिन् । यो ऐनबमोजिम कसुर प्रमाणित हुनेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।