मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार ०६:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्ने तीन ‘सामाजिक अभियन्ता’ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार ०६:५३:००

आफूलाई सामाजिक अभियन्ता भनी परिचित गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ज्वाला संग्रौला भनिने टीका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्याय छन् । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध कुटपिट तथा अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ ।

प्रहरी हिरासत कक्षमै महिलामाथि हातपात गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ । उनीहरूले गत १६ जेठमा महानगरीय प्रहरी वृत्त गौशलाको हिरासत कक्षमा खुश्बु घिमिरेलाई हातपात गरेको प्रहरीको भनाइ छ । जाहेरीकर्ता घिमिरे सत्तारुढ नेकपानिकट युवा संघकी केन्द्रीय सदस्य हुन् । 

पीडित घिमिरेले जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताए । ‘महिलामाथि हातपात गरेको भन्दै जाहेरी पर्‍यो । सोही अभियोगमा तीन सामाजिक अभियन्ता पक्राउ परेका छन् । पक्राउ परेकालाई हिरासतमा राखिएको छ,’ उनले भने । बस्नेतका अनुसार उनीहरूविरुद्ध कुटपिट तथा अभद्र व्यवाहरमा जाहेरी परेको छ । 

जाहेरी दर्तापछि प्रहरीले संग्रौला र खुश्बुलाई छलफलका लागि काठमाडौं परिसर बोलाएको थियो । सहमतिमा आउन जाहेरीकर्ता राजी नभएपछि उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्तालगत्तै प्रहरीले छलफलमा रहेका संग्रौला, वाइबा र उपाध्यायलाई पक्राउ गरेको थियो ।  संग्रौलाको समूहले यसअघि महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक जुनियर प्रहरी अधिकृतमाथि पनि सामाजिक दुर्व्यवहार गरेका थिए ।