१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ६ आइतबार ०९:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक उडान १५ असारपछि खुलाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ६ आइतबार ०९:३९:००

सरकारले आन्तरिक उडान १५ असारपछि खुलाउने तयारी गरेको छ । निजी वायुसेवा कम्पनीहरूले ७ असारदेखि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर आन्तरिक उडान खुलाउन प्रस्ताव गरेका छन् । 

वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई १ असारबाट आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेका हुन् । ७ गतेसम्म बन्द नै भएकाले अब कसरी खोल्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयमार्फत कुरा अगाडि बढिरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।