मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ३ बिहीबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे

Read Time : < 1 मिनेट
२०७८ असार ३ बिहीबार १०:४५:००

जिल्लाका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन् । अहिले जिल्लाका अधिकांश सडक हिलोका कारण सवारी गुड्ने अवस्थामा समेत छैनन् । रौतहट जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक जोखिमपूर्ण देखिएका छन् ।

जिल्ला सदरमुकाम र अन्य जिल्लासँग जोड्न सडक निर्माण कार्यले तीव्रता पाए पनि सुरक्षाका दृष्टिले ती सडक जोखिमपूर्ण देखिएका हुन् । अधिकांश सडक प्राविधिक इस्टिमेटविना नै निर्माण गर्ने होडबाजी चलेपछि सडकको अवस्था निकै कमजोर हुने गरेको छ । जिल्लाको झाझ पुलदेखि कटहरिया हुँदै जंगलसहियासम्म जाने बाटो, झाझपुलदेखि कटहरीयासम्मको सडक विगत लामो समयदेखि जीर्ण रहेको भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 

रौतहटका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेकाले समेत सडकछेउका बासिन्दामा विभिन्न रोगको प्रकोप बढेको गरुडाका स्थानीय व्यापारी विनोद चौधरीको भनाइ छ ।

गरुडा समनपुर जाने बाटोको ठाउँठाउँमा सडक भत्केर खाल्डा भएका छन् । खाल्डामा पानी भरिएका कारण सवारी दुर्घटना बढेको छ । सो सडकमा हिलोका कारण हिँड्न नसक्ने अवस्था रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

जिल्लाको चन्द्रनिगाहपुर–गौर रोडबाट दयाबाया जाने अधिकांश सडकको हालत नाजुक रहेको करुनीयाका स्थानीय युवा परवेज शेखको भनाइ रहेको छ । स्थानीयलाई समितिमार्फत काम गर्न दिने र राजनीतिक प्रतिशोध नहुने हो भने सडक निर्माण छिटो र गुणस्तरीय हुने युवा शेखको भनाइ छ  ।

ग्राभेलको साटो उपभोक्ता समितिले माटो ज्यादा हालेका कारण सडक हिलाम्मे भएको स्थानीय बासिन्दाको भनाइ छ ।