मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३ बिहीबार ०८:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पलेशाले पाइन्  प्यारालिम्पिक्सको वाइल्ड कार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३ बिहीबार ०८:३२:००

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिकका लागि वाइल्ड कार्ड पाएकी छिन् । यससँगै उनले अर्का महिनाबाट जापानको टोकियो सहरमा आयोजना हुने पारा ओलम्पिक खेल्ने निश्चित भएको छ । 

नेपाल तेक्वान्दो संघले बुधबार एक विज्ञप्तिमार्फत पलेशाले वाइल्ड कार्डमार्फत टोक्यो पारा ओलम्पिक खेल्ने निश्चत भएको जानकारी दिएको छ । ‘हामीलाई पलेशाले वाइल्ड कार्ड पाएको आजै खबर आएको हो,’ तेक्वान्दो संघका अध्यक्ष प्रकास शमशेर राणाले भने । 

पारा ओलम्पिक १७ देखि १९ भदौ ०७८ मा जापानमा हुनेछ । पलेशाले ५८ केजीमाथि (महिला के ४४ ) को समूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछिन् । नेपाली खेलाडीले पारा ओलम्पिकका लागि ७ जेठ ०७८ मा जोर्डनको अम्मानमा भएको छनोट प्रतियोगिता खेल्नुपर्ने थियो । यद्यपि, कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण नेपाली खेलाडीले उक्त प्रतियोगितामा भाग लिन पाएनन् ।

त्यसपछि संघले वाइल्ड कार्डका लागि प्रक्रिया अघि बढाएको थियो । संघले अन्य खेलाडीका लागि समेत वाइल्ड कार्डका लागि प्रयास गरे पनि पलेशाले मात्रै यो अवसर पाएकी छिन् । पलेशा विश्व वरीयतामा १३औँ स्थानमा छिन् । 

पलेशा ०७२ देखि पारा राष्ट्रिय टिममा रहेर नियमित प्रशिक्षणरत छिन् । उनले भियतनामको होचिमिन्हमा सन् २०१८ मा आयोजित चौथो एसियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गरेकी थिइन् ।