मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०८:४८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्मी मौसममा भान्सामा छुटाउनै नहुने सागसब्जी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०८:४८:००

गर्मी मौसममा खानपिनमा हल्का तलमाथि वा लापरबाही भए पनि यसले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ । यसकारण गर्मी मौसममा शरीर तन्दुरुस्त राख्न खानपानमा विशेष ख्याल गर्नुपर्छ । गर्मी मौसममा निम्न उल्लेखित सागसब्जी नियमित प्रयोग गर्नाले स्वास्थ्यलाई निकै राम्रो गर्ने पोषणविद्हरूको भनाइ छ । 

लौका : लौका स्वादिष्ट हुनुका साथै यसमा अत्यधिक पोषक तत्व हुन्छ । अक्सर गर्मी मौसममा तरकारी वा जुसका रूपमा खाने गरिन्छ । लौकामा धेरै क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ । पेटमा खराबी भएका, उच्च कोलेस्ट्रोल तथा मधुमेहका बिरामीले लौका खानुपर्ने चिकित्सकहरूको सल्लाह छ । लौकाले यी तीनवटै रोगमाथि नियन्त्रण राख्छ । 

हरियो सिमी : गर्मी मौसममा तरकारीमा बढी प्रयोग हुने हरियो सिमी पनि हो । सिमीमा क्यालोरी धेरै हुन्छ । मोटो व्यक्तिले नियमित रूपमा सिमीलाई तरकारीका रूपमा प्रयोग गर्दा राम्रो मानिन्छ । यसले तौल घटाउनसमेत मद्दत गर्छ । फाइबरको मात्रा धेरै भएकाले सिमीले पाचन क्षमतासमेत वृद्धि गर्छ । यसमा भिटामिन के हुन्छ । जसले हड्डी राम्रो बनाइराख्छ । साथै प्रोटिन, जिंक तथा एन्टी अक्सिडेन्टजस्तो तत्व हुन्छ । 

करेला : करेला निकै नै तितो हुन्छ । तर, करेलाले शरीरलाई धेरै नै फाइदा पुर्‍याउँछ । विशेषत मुटु, मधुमेह तथा पेटसम्बन्धी रोग भएका व्यक्तिका लागि करेला नियमित खाँदा निकै राम्रो हुन्छ । करेलामा भिटामिन सी, आइरन तथा पोटासियम तत्व हुन्छ । पाचन शक्ति एकनास बनाउन पनि करेला अति उपयुक्त मानिएको छ । गर्मीको समयमा करेला खाँदा शरीरलाई चिसो बनाउने काम पनि गर्छ । 

हरियो पातका तरकारी : गर्मीको मौसममा शरीरलाई सन्तुलित बनाउन र पाचन शक्ति वृद्धि गर्न हरियो सागपात नै खान भनिएको छ । साग र पालकजस्तै अन्य हरियो पात भएका तरकारी गर्मी मौसममा धेरै उपयुक्त रहन्छ । यसमा धेरै आइरन, क्याल्सियम तथा पानीको मात्रा धेरै रहन्छ । 

फर्सी : फर्सीमा भिटामिन ए भरपूर हुन्छ । यसले शरीरको इम्युनिटी पावर बढाउने काम गर्छ । फर्सीमा भएको एन्टी अन्सिडेन्टले शरीरको तापक्रम चिसो बनाउने काम गर्छ । फर्सीले मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ । 

गोलभेँडा : गोलभेँडा बाह्रै मौसममा पाउने तरकारी हो । गोलभेँडा सबै परिकारमा मिसाउन सकिन्छ । गोलभेँडामा ९५ प्रतिशत पानी हुन्छ । गोलभेँडाले पनि शरीरको पानीको मात्रा सन्तुलन राख्ने काम गर्छ । गोलभेँडामा पोटासियम तथा क्याल्सियम तत्व अधिक हुन्छ । 

गाँजर : गोलभेँडाजस्तै गाँजर पनि वर्षभरि पाइने हरियो सागसब्जीमै पर्छ । यसलाई सलाद वा तरकारीका रूपमा पनि खान सकिन्छ । गाँजरको जुस शरीरलाई धेरै नै फाइदा पु¥याउने पोषणविज्ञहरूको भनाइ छ । गाँजरमा भिटामिन ए हुन्छ । भिटामिन एले आँखाको प्रकाश तेजिलो बनाउने काम गर्छ । 

एजेन्सीको सहयोगमा