Skip This
लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २० बिहीबार
  • Sunday, 07 July, 2024
२o७८ जेठ २० बिहीबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २० बिहीबार १३:o३:oo

मर्स्याङ्दी नदीमा पानीको बहाब बढेपछि मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र र माथिल्लो मर्स्याङ्दी ‘ए’ले पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । मर्स्याङ्दीमा पानीको सतह बढेपछि ७० मेगावाट क्षमताको सो केन्द्रबाट पूरा क्षमतामा विद्युत् उत्पादन भएको हो ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि केही दिनयता केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका केन्द्र प्रमुख शिवकुमार शाहले बताए । यसअघिमध्ये हिउँद्का वेला लामो समयसम्म खडेरी हुँदा खोलामा पानीको बहाब घटेपछि ७० मेगावाट क्षमताको यस केन्द्रबाट २५–३० मेगावाट मात्र विद्युत् उत्पादन भएको थियो । यसअघि मर्स्याङ्दी नदीमा पानीको मात्रा कम भएकोले मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा जडित ३५–३५ मेगावाट क्षमताका २ वटै टर्वाइन २४ सै घन्टा चल्न सकेका थिएनन् । 

वर्षायाममा पानीको बहाब प्रचुर मात्रामा भएपछि ७० मेगावाट क्षमताको जलविद्युत् केन्द्रबाट ७४ मेगावाटसम्म विद्युत् उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । यस्तै मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै माथिल्लो मर्स्याङ्दी ‘ए’मा एक सातादेखि ५० मेगावाट नै विद्युत् उत्पादन भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।

 उनका अनुसार एक साताअघि ४० मेगावाटसम्म विद्युत् उत्पादन भएको थियो । पानी पर्याप्त हुने महिना जेठ, असार, साउन र भदौसम्म पूर्ण क्षमतामै विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट ५० मेगावाटदेखि ५० दशमलव ५ मेगावाटसम्म विद्युत् उत्पादन हुँदै आएको छ । अहिले लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी र २ मेगावाटको छ्याङ्दीबाट पूरा क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । 


 

ad
ad
ad
ad