१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना कहर : बाँकेका अस्पतालमा उपचाररत दुुई सय ६० संक्रमितमध्ये एक सय १४ जनाको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४९:oo

बाँकेका विभिन्न कोभिड अस्पतालमा उपचाररत संक्रमितमध्ये एक सय १४ जनाको अवस्था गम्भीर भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले जनाएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, वेष्टर्न अस्पताल र युनाइटेड अस्पतालमा उपचाररत दुई सय ६० मध्ये एक सय ४६ को अवस्था सामान्य रहेको डिसिएमसीका फोकलपर्सन तेजबहादुर ओलीले जानकारी दिए । 

यहाँका अस्पतालमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका बिरामीको संख्या धेरै भएको ओलीले बताए । उनले उपचाररत कुल संक्रमितमध्ये एक सय तीनजना बाँकेका र एक सय ५७ जना बाहिरी जिल्लाको भएको बताए । ‘संक्रमितको उपचारका लागि व्यवस्था गरिएको कुल तीन सय ६१ बेडमध्ये ८६ वटा बेड खालीछ,’ उनले भने । 

भेरी अस्पतालमा दुई सय बेड छन् । त्यहाँ एक सय ५२ जना बिरामी उपचाररत छन् । तीमध्ये ३८ जना सिकिस्त छन् ।
त्यसैगरी, नेपालगन्ज मेडिकल कलेजमा एक ३० बेड छन् । उक्त अस्पतालमा ९८ जना बिरामी उपचाररत छन् । भर्ना भएका बिरामीमध्ये ७२ जना सिकिस्त भएको ओलीले जानकारी दिए । 

नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा व्यवस्था गरिएको १६ वटा सर्जिकल बेडमध्ये चारवटा बेडमा मात्र बिरामी छन् भने युनाइटेड अस्पतालको १५ बेडमा ६ जना बिरामीले उपचार गराइरहेका फोकलपर्सन ओलीले स्पष्ट पारे । ‘भर्ना हुने तथ्यांकले बाँकेमा कोरोना संक्रमण दर घट्दै गएको छ भन्ने देखाउँछ । पछिल्लो समय बाँकेका भन्दा बाहिरी जिल्लाबाट उपचार गराउन आउनेको संख्या बढी छ,’ उनले भने । 
 

ad
ad