१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १९ बुधबार ०८:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई फाउन्डेसनद्वारा ३ करोडबराबरको स्वास्थ्य उपकरण सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १९ बुधबार ०८:३६:००

आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब ३ करोड रुपैयाँ मूल्यबराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रूपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । 

फाउन्डेसनले पोखराको गण्डकी प्रादेशिक अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको निजामती कर्मचारी अस्पताललाई २० थानका दरले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ ।

फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको जनाइएको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल टेकुमा करिब १ करोड २८ लाख रुपैयाँबराबरको अक्सिजन प्लान्ट स्थापनाका लागि पनि प्लान्ट अर्डर गरिसकेको जनाएको छ ।

यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावसान भएका नेपालीका घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँका दरले करिब ६० लाख रुपैयाँ राहत उपलब्ध गराएको जनाइएको छ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत सञ्चालित मुनाफारहित परोपकारी संस्था हो । यसले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्नुका साथै विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरूमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ–संस्थाहरूसँग हातेमालो गरेर अघि बढ्ने गरेको जनाएको छ ।