१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १९ बुधबार ०८:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से : होटेल तथा पर्यटन र वाणिज्य बैंकका लगानीकर्ता निराश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १९ बुधबार ०८:०९:००

नेप्सेमा करेक्सन कायमै, कारोबार रकम घट्यो 

नेप्सेमा करेक्सन कायमै रहेको छ । मंगलबार पनि नेप्से परिसूचक ११ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ७१ बिन्दुु पुुगेको छ । लगानीकर्तामा नाफा बुुक गर्ने होडबाजी चल्दा सेयर बजारले उकालो यात्रा तय गर्न नसकेको लगानीकर्ता तथा विश्लेषकहरू बताउँछन् । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ६९ अंकले घटेर ४ सय ९६ बिन्दुमा पुुगेको छ ।

कारोबार रकम घट्यो
पछिल्लोे दुई हप्तामा सेयर कारोबार रकममा दैनिक नयाँ कीर्तिमान बनाएको नेप्सेमा मंगलबार उल्लेखनीय गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १६ कम्पनीको १ करोड ९७ लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । 

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रि–इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ५७ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो कारोबार हुने कम्पनीमा लुुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, तेस्रोमा राधी विद्युत् कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहको सूचकमध्ये ३ समूहको सूचक सकारात्मक रहेको छ भने १० समूहको सूचक नकारात्मक रहेको छ । मंगलबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा ट्रेडिङ र होटेल तथा पर्यटन समूह रहेका छन् । त्यस्तै, हाइड्रोपावर, माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ता पनि निराश बनेका छन् । विकास बैंक, फाइनान्स र अन्य समूहको सूचक करिब १ प्रतिशतले सकारात्मक रहेको छ । 

सबैभन्दा धेरै गुमाउने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर रहेको छ । यसको ५ प्रतिशतले घटेको छ भने काली खोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर, आँखुु खोला जलविद्युत् कम्पनीको ४ प्रतिशतले घटेको छ ।

बढ्ने कम्पनीमा कालीका पावर कम्पनीको १० प्रतिशतले सर्किट लाग्दै ४१ रुपैयाँ बढेर प्रतिसेयर मूल्य ४ सय ५१ रुपैयाँ पुुगेको छ । लुम्बिनी विकास बैंकको ८ प्रतिशतले बढेको छ । त्यस्तै, गुराँस फाइनान्स, सुमित लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।