१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ जेठ १३ बिहीबार ११:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशन गर्न हामीसँग दुई विकल्प छन् : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
२०७८ जेठ १३ बिहीबार ११:५८:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशनका लागि दुई विकल्प अघि सारेका छन् । ‘महाधिवेशन गर्ने दुई विकल्प छन्, एउटा जे–जति उपलब्ध क्रियाशील सदस्य छन्, तिनीहरूबाटै महाधिवेशन सम्पन्न गर्ने । अर्को, पुरानै महाधिवेशन प्रतिनिधिलाई आधार मानेर महाधिवेशन गर्ने,’ प्रेस युनियनको ३१औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै पौडेलले भने, ‘तर, जसरी पनि महाधिवेशन गर्नुपर्छ, पार्टीलाई असंवैधानिक हुनबाट बचाउनुपर्छ ।’

उनले सरकारले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि आफ्ना सम्पूर्ण शक्तिहरूको उपयोग गर्न नसकेको बताए । पौडेलले अहिले तीनवटा लडाइँ एकैपटक लडिरहनुपरेको बताए । ‘अहिले हामी तीनवटा लडाइँ एकैपटक लड्दै छौँ, पहिलो– कोरोनाबाट जनताको जीवनरक्षा गर्ने, दोस्राे– संविधान र लोकतन्त्र बचाउने र तेस्राे– पार्टीलाई अवैधानिक हुनबाट बचाउने,’ पौडेलले भने । 

नेता पौडेलले तीनवटै लडाइँमा सफल हुनका लागि आह्वान र आग्रहसमेत गरेका छन् । ‘अहिले प्रतिनिधिसभाका बहुमत सदस्यहरू यो संविधान, लोकतन्त्र र संघीय गणतान्त्रिक राज्यव्यवस्थाको रक्षा गर्न सर्वोच्च अदालत पुग्नुभएको छ, फेरि एकपटक संविधानको रक्षा गर्ने जिम्मेवारी न्यायमूर्तिहरूको हातमा छ,’ पौडेलले भने । 

उनले केपी ओलीले चुनाव गराउने घोषणा गर्ने, तर बहानाबाजी गरेर चुनाव नगराउने नियत राखेको बताए । ‘देशलाई विकल्प चाहिएको छ, चुनावमा जाने भनिएको छ । तर, अहिले चुनावमा जाने अवस्था देखिँदैन । चुनाव लोकतान्त्रिक अभ्यास हो भनेर चुनावको घोषणा गर्ने, तर महामारीको कारणले गर्न सकिएन भनेर कारण देखाउने र चुनाव नगर्ने मानसिक तयारी देखिएको छ,’ उनले भने, ‘त्यो अवस्थाबाट पार पाउनका लागि देशले विकल्प पाउनुपर्छ ।’