१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ढिला गरी सिद्धबाबा सुरुङको बोलपत्र आह्वान, इपिसी मोडलमा निर्माण गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३o:oo

सरकारले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङ आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि सरकारी योजनामा पर्ने, तर प्रगति नभएको सुरुङ आयोजना बनाउन अन्ततः सडक विभागले ४५ दिने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । सडक विभागका अनुसार आयोजनाको निर्माण इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) माध्यमबाट गर्ने योजना छ । 

यस मोडलमा निर्माण गर्दा आयोजनाको डिजाइन, खरिद र निर्माणको काम ठेकेदार कम्पनीले गर्नुपर्छ । खरिद प्रक्रिया पूरा गर्न न्यूनतम ६ महिना लाग्ने अनुमान छ । ‘प्राविधिक र आर्थिक रूपमा सबैभन्दा प्रभावकारी कम्पनीसँग ठेक्का सम्झौता हुनेछ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने ।

सुरुङ निर्माणको ठेक्का पाउने निर्माण कम्पनीले ५ वर्षमा काम सम्पन्न गर्नुपर्नेछ । ‘निर्माण सकेको ५ वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा निर्माण कम्पनीले लिनुपर्नेछ,’ उनले भने ।सडक विभागले आयोजनाको लागत करिब १० अर्ब लाग्ने अनुमान गरेको छ । भ्याटबाहेक सुरुङ निर्माणमा मात्र करिब ८ अर्ब रुपैयाँ खर्च हुनेछ ।

आयोजनालाई १ मंसिर ०७६ मा अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सुनिश्चितता गरिसकेको छ । त्यही वर्ष ठेक्का लगाउने भनिएको भए पनि झन्डै १८ महिनापछि ठेक्का प्रक्रिया अघि बढेको हो । अर्थले १० अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता गरेको छ । यो आयोजना आर्थिक वर्ष ०७३÷७४ को बजेटमा नै अध्ययनका लागि अघि बढाउने घोषणा गरिएको थियो । 

सरकारले केही दिनअघि मात्र इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका २०७८ जारी गरेको थियो । सरकारले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक आयोजनाका लागि यही निर्देशिकामार्फत खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि भने सुरुङलाई डिजाइन एन्ड बिल्ट मोडलमा बनाउने प्रयास गरेको थियो । 

सिद्धबाबा सुरुङ निर्माण गर्नुपर्ने मुख्य कारण पहिरो र त्यसबाट हुने जनधनको क्षति हो । यस क्षेत्रमा गएको पहिरोबाट सयाैँ जनाको मृत्यु भइसकेको सडक विभागका अधिकारीहरूको भनाइ छ । 

ad
ad