१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Monday, 01 July, 2024
२o७८ जेठ ५ बुधबार २२:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद

६ वर्षपछि फ्रान्सेली टोलीमा फर्किए बेन्जेमा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका एजेन्सी
२o७८ जेठ ५ बुधबार २२:१७:oo

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । फ्रान्सले युरोकप २०२० का लागि बुधबार अन्तिम २६ खेलाडीको नाम सार्वजनिक गर्दा बेन्जेमा पनि परेका हुन् ।

गत वर्ष नै हुनुपर्ने युरोकप २०२० कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यस वर्षका लागि सारिएको छ । नयाँ मितिअनुसार युरोकप २०२० आगामी ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदै छ ।

बेन्जेमाले सन् २०१५ देखि राष्ट्रिय टोलीबाट खेलेका छैनन् । फ्रान्सेली अर्का खेलाडी म्याथ्यू भाल्ब्युनालाई ‘ब्लाकमेलिङ’ गरेर पैसा असुल्न लगाएको घटनामा संलग्न भएको आरोप लागेपछि उनी राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए । 

उक्त आरोपकै कारण ३३ वर्षीय बेन्जेमाले युरोकप २०१६ र सन् २०१८ को विश्वकप गुमाएका थिए । उक्त विश्वकप फ्रान्सले जितेको थियो । गत जनवरीमा मात्रै फ्रान्सेली अधिकारीले बेन्जेमामाथि कानुनी कारबाही थालिने जनाएका थिए ।

फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलिसकेका भाल्ब्युनालाई सन् २०१५ मा कसैले पैसा नदिए उनको गोप्य भिडियो सार्वजनिक गरिदिने भन्दै ब्लाकमेल गरेका थिए । फ्रान्सेली प्रहरीले ती व्यक्तिलाई बेन्जेमाले नै पैसा दिएर भाल्ब्युनालाई ब्लाकमेल गर्न लगाएको आरोप लगाउँदै आएको छ ।

यद्यपि, बेन्जेमाले भने प्रहरीले आफूलाई विवादमा तान्न गलत तरिका अपनाएको दाबी गर्दै आएका छन् । टोलीमा बेन्जेमालाई समावेश गर्ने निर्णय गरेपछि फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पसले भने, ‘आज र भोलि निकै महत्वपूर्ण हुनेछ । यो निर्णयमा पुग्नुअघि केही प्रक्रिया अवश्य भए । हामीले एक–अर्कालाई हे¥यौँ । हामीले गहिराइमा पुगेर छलफल ग¥यौँ । हामीबीच भएको छलफल सार्वजनिक गर्न चाहन्नौँ । मलाई उनी चाहिएको हो । उनलाई पनि यो अवसर चाहिएको हो ।’

टोटेनहाम हटस्परका ह्युगो ल्होरिस र मौसा सिस्सोको, एभर्टनका लुकास डिग्ने, चेल्सीका कुर्त जोउमा, ओलिभर गेरुड र एङ्गोलो काँटे तथा म्यानचेस्टर युनाइटेडका पल पोग्बा पनि फ्रान्सेली टोलीमा समावेश भएका छन् ।

बेन्जेमाले फ्रान्सेली राष्ट्रिय टोलीबाट ८१ खेल खेल्दै २७ गोल गरेका छन् । उनले राष्ट्रिय टोलीबाट खेलेको पछिल्लो खेलमा फ्रान्सले अर्मेनियालाई ४–० ले पराजित गरेको थियो । उक्त खेलमा उनले पनि दुई गोल गरेका थिए । 

राष्ट्रिय टोलीबाट बाहिरै रहे पनि उनले रियल म्याड्रिडका लागि भने नियमित सशक्त प्रदर्शन गर्दै आइरहेका छन् । जारी सिजनमा पनि उनले क्लबका लागि २९ गोल गर्दै महत्वपूर्ण योगदान दिएका छन् । यस्तै, आठ गोलका लागि अवसर सिर्जना गरेका छन् । रियल म्याड्रिड यो सिजन ३५औँ ला लिगा उपाधि जित्ने योजनामा छ ।

पछिल्लो १२ वर्षदेखि बर्नाबेउमा रहेका बेन्जेमा यसै साता मात्रै फ्रान्सको व्यावसायिक फुटबल खेलाडीहरूको राष्ट्रिय युनियनद्वारा विदेशी लिगमा खेलिरहेकामध्ये उत्कृष्ट फ्रान्सेली खेलाडी चुनिएका थिए । बेन्जेमाको आगमनसँगै फ्रान्सेली राष्ट्रिय टोलीको आक्रमण अझ सशक्त भएको मानिएको छ, जसमा पेरिस सेन्ट जर्मन (पिएसजी) का केलियन एम्बाप्पे र बार्सिलोनाका एन्टोइन ग्रिजम्यान पनि रहेका छन् ।

पाँच वर्षअघि आफ्नै मैदानमा आयोजित युरोपकपमा फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो । यद्यपि, पोर्चुगलसँग पराजित भएपछि फ्रान्स उपाधिबाट चुकेको थियो । यसपटक उपाधि जित्ने योजनामा छ फ्रान्स । फ्रान्सले १५ जुनमा जर्मनीसँग खेल्दै युरो २०२० को आफ्नो यात्रा सुरु गर्नेछ ।

युरो २०२०– समूह एफ
हंगेरी, पोर्चुगल, फ्रान्स र जर्मनी

फ्रान्सेली टोली
गोलरक्षकः ह्युगो ल्होरिस (टोटेनहाम), माइक मेग्नान (लोस्क), स्टिभ मान्डन्डा (मार्सेली)

रक्षकः लुकास डिग्ने (एभर्टन), लियो डुबोइस (ल्योन), लुकास हर्नान्डेज (बायर्न म्युनिख), प्रेसनेल किम्पेम्बे (पिएसजी), जुल्स कउडी (सेभिल), क्लिमेन्ट लेंगलेट (बार्सिलोना), बेन्जामिन पाभर्ड (बार्यन म्युनिख), राफेल भरान (रियल म्याड्रिड), कुर्त जाउमा (चेल्सी)

मिडफिल्डरः एंगोलो काँटे (चेल्सी), थोमस लेमर (एट्लेटिको म्याड्रिड), पल पोग्बा (म्यानचेस्टर युनाइटेड), एड्रिइन राबियोट (युभेन्ट्स), मउसा सिस्सोको (टोटेनहाम), कोरेन्टिन तोलिसो (बायर्न म्युनिख)

फरवार्डः विस्साम बेन येड्डर (मोनाको), करिम बेन्जेमा (रियल म्याड्रिड), किङ्सले कोमान (बायर्न म्युनिख), अउस्मान डेम्बेले (बार्सिलोना), ओलिभर गेरुड (चेल्सी), एन्टोइन ग्रिजम्यान (बार्सिलोना), केलियन एम्बाप्पे (पिएसजी), मार्कस थुर्राम (बोरुसिया मोइच्याङ्लाबाक)

ad
ad
ad
ad