प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलको बैठकको बुधबार बस्दै छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आज दिउँसो साढे दुई बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
उनका अनुसार आजको बैठकबाट समसामयिक राजनीतिक विषयमा रणनीति तय गर्ने पार्टी संसदीय दलको तयारी छ ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने तयारी भइरहेका वेला बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।