मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ४ मंगलबार १२:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ४ मंगलबार १२:०४:००

कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषयहरू र संसद्को बजेट अधिवेशनलगायत विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि गत २७ वैशाखमा संसद्को विशेष अधिवेशन बसेको थियो । तर, प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्थगित भएको संसद् अधिवेशन सरकारले त्यसै राति अन्त्य गराएको थियो ।

३० वैशाखमै प्रधानमन्त्री केपी ओली पुनः संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्त भएका छन् । अब प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । कांग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिन असफल बनाउने रणनीतिमा छ ।