१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई देउवाको निर्देशन– आफू जोगिएर जनताको सुरक्षामा खटिनू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:१२:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई आफू जोगिएर जनताको सुरक्षामा खटिन निर्देशन दिएका छन् । कोभिड– १९ को महामारीका कारण देश विकराल परिस्थितिमा गुज्रिरहेको भन्दै देउवाले कार्यकर्तालाई आफू सुरक्षित हुन र जनतालाई पनि सुरक्षित रहने गरी सहयोग गर्न निर्देशन दिएका हुन् । 

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले आइतबार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लागि गरेको प्रादेशिक छलफलका क्रममा देउवाले सरकारको गैरजिम्मेवारीपनका कारण जनताले दुःख पाइरहेकाले यस्तो वेला जनताको सारथि बन्नुपर्ने बताए । ‘यो सरकारले जुन काम गर्नुपर्ने हो, त्यो गर्दैन, कतिपय ठाउँमा जनताले गर्न चाहँदा पनि गर्न दिएको अवस्था छैन । सरकारको गैरजिम्मेवारीपनकै कारण महामारीको यो अवस्था आएको छ,’ देउवाले भने, ‘त्यसैले सबै ठाउँमा सरकारलाई पर्खिएर मात्रै हुने अवस्था छैन, निषेधाज्ञाका कारण जनताले रोग र भोकले मर्ने अवस्था सिर्जना भएको छ ।’

देउवाले रातदिन खटिएर जनताको स्वास्थ्य उपचारमा लागेका स्वास्थ्यकर्मी नै जनताको आशा र भरोसा भएको बताए । देउवाले संकटका वेला जनतालाई साथ दिनसके कांग्रेसकाप्रति जनताको विश्वास थप बलियो भएर जाने बताए । ‘कांग्रेस जिम्मेवार पार्टी हो, कांग्रेस जनताले विश्वास गरेको पार्टी हो । त्यसैले म सबै साथीहरूलाई आग्रह गर्दछु, यस्तो वेला हामीले आफ्नो भूमिका जनताका साथमा रहेर निभाउनुपर्छ,’ देउवाले भने ।
 

ad
ad