मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३० बिहीबार ०६:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो हरेक दिन  स्मार्ट फोन जित्न सकिने योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३० बिहीबार ०६:२७:००

एनसेलले हरेक दिन स्मार्ट फोन जित्न सक्ने योजना ल्याएको छ । कम्पनीले युनाइटेड अरब एमिरेट्स (युएई) बाट आउने कलमा हरेक दिन स्मार्ट फोन जित्न सक्ने योजना ल्याएको हो । 

इदको अवसरमा ल्याइएको यो योजना जेठ ३ गतेसम्म लागू हुने जनाएको छ । योजनाअन्तर्गत युएईबाट आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी ए–ट्वान्टी स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

युएईमा रहेका ‘डू’ मोबाइल सेवाप्रदायकको सिमकार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनुका साथै स्मार्ट फोन जित्ने मौका पाउने जनाइएको छ । यो योजना युएईबाट सबैभन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने कम्पनीले जनाएको छ ।