मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २९ बुधबार
  • Wednesday, 18 December, 2024
२o७८ बैशाख २९ बुधबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञा उल्लंघन गरी बिहेभोज गर्ने दुई बेहुला नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २९ बुधबार २o:५४:oo

पर्वतको जलजला गाउँपालिका– २ मा निषेधाज्ञाको समयमा बिहेभोज गर्ने दुई बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोनाको हटस्पट रहेको जलजला– २ माझफाँटमा बिहेको भोज गर्दै गर्दा प्रहरीले वर्ष २३ का प्रदीप परियार र वर्ष २४ का राजकुमार परियारलाई पक्राउ गरेको हो । 

माझफाँटको छुट्टाछुट्टै दुई स्थानमा बिहेभोजसहित वैवाहिक समारोह आयोजना गरिएको थियो । उक्त गाउँमा ७५ जना कोरोनाका सक्रिय संक्रमित छन् । जिल्ला प्रशासन कार्यालयले बिहे तथा मृत्यु संस्कारमा १० जनाभन्दा बढी सहभागी नहुने र सहभागी भएको पाइएमा कारबाही गर्ने गरी आदेश जारी गरेको छ । 

बिहेभोजमा ३०–४० जना गाउँले भेला भएका प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागीहरू भागाभाग गरेका थिए । प्रहरीले सबै भागेपछि दुईजना बेहुलालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई आवश्यक कारबाहीपछि छोड्ने प्रहरीले जनाएको छ । 

प्रशासन र स्थानीय तहले भोजभतेर गरेर भिडभाड गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिए पनि गाउँगाउँमा भोजभतेर चलिरहेको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि सबैले स्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन भूमिका खेल्नुपर्ने गाउँपालिकाले जनाएको छ ।