१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ विरुद्ध जुध्न गोल्छा ग्रुपद्वारा १ करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२८:oo

गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड–१९ संक्रमितको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

कोभिडको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको गोल्छा ग्रुपले जनाएको छ । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकाले उक्त प्रशंसनीय कार्यको उच्च मूल्यांकन गर्दैै र दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले गोल्छा ग्रुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाइएको छ ।  

गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरूको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरूको संख्या बढाउनेलगायत कोभिडको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने जनाएको छ । 

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको र कोभिडको दोस्रो लहरले सबैलाई अप्ठ्यारोमा पारेको बताए । कोभिडको पहिलो लहर र लकडाउनका वेलामा पनि अन्य केही संस्थाहरूसँग मिलेर यसविरुद्ध सहकार्य गरेको उनले स्मरण गरे ।

उनले भने, ‘हामीले लकडाउनका वेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदानप्राप्त १० हजार पिसिआर फर्टिट्युड किट प्लेन चार्टर गरी ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौँ । जुन फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड–१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएको थियो ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलले गोल्छा ग्रुपले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको सहयोग अत्यन्तै समयसापेक्ष भएको । 

ad
ad