मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०८:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आइसोलेसन केन्द्र बनाउन जुटे काठमाडौं र ललितपुर महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०८:४६:००

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै काठमाडौं र ललितपुर महानगरपालिका आइसोलेसन केन्द्र निर्माणमा जुटेका छन् । दुवै महानगरले अस्पताल र अन्य संघसंस्थासँग सहकार्य गर्दै आइसोलेसन केन्द्र निर्माणलाई तीव्रता दिएका हुन् ।

नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडियू (हाइ डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र बनाउन काठमाडौं महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ । यसका लागि सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरका तर्फबाट जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि बोल्दै प्रमुख शाक्यले मानवीय क्षति हुन नदिन महानगरले सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन सहयोग गरिरहेको बताए । 

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधनस्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयू (हाई डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ । महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रूपमा उपलब्ध गराउनेछ । २० वैशाखमा बसेको कार्यपालिका बैठकले आइसोलेसन केन्द्र स्थापना गर्ने विषयमा निर्णय गरेको थियो ।

महानगरले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडियू सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइनसहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मतसम्भार तथा रंगरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर १ जेठबाट सञ्चालनमा ल्याइनेछ । उपचारमा खटिएका जनशक्तिहरूलाई प्रोत्साहन भत्ता, बिरामीहरूका लागि खानाखाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिनेछ । अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्नास्वरूप महानगरले उपलब्ध गराउनेछ । 

यस्तै, ललितपुर महानगरपालिकाले ज्यापू समाजले बनाएको वृद्धाश्रममा एक सय १० शड्ढयाको आइसोलेसन केन्द्र सुरु गरेको छ । महानगरपालिका, ज्यापू समाज र सुन्दरढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि केन्द्र सुरु भएको हो । सम्झौतापत्रमा महानगरको तर्फबाट प्रमुख चिरिबाबु महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गरेका छन् । ओइसोलेसन केन्द्रमा रहने कोरोना संक्रमितका लागि सुन्दर ढोका साथी सेवाले बिरामीका लागि खाना उपलब्ध गराउनेछ ।