मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २५ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख २५ शनिबार o७:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बुढानीलकण्ठमा  वार्तैवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख २५ शनिबार o७:o४:oo

तीन दिन, तीन वार्ता

शुक्रबार : कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतमा असफल बनाउने, राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गर्ने तथा वैकल्पिक सरकार गठनलगायत विषयमा ‘वान अन वान’ वार्ता । 

बिहीबार : कांग्रेस सभापति देउवा र एमाले वरिष्ठ नेता माधव नेपालबीच प्रतिनिधिसभाभित्र विपक्षी गठबन्धनलाई सिद्ध गर्ने प्रयासमा संवाद, विश्वासको मतमा ओलीलाई असफल बनाउने, वैकल्पिक सरकार गठन गर्ने र राष्ट्रिय सभामा जित सुनिश्चित गर्ने गरी वार्ता । 

बुधबार : दलबलसहित देउवानिवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान, सत्ता सहकार्य र चाँडो चुनावका लागि कांग्रेससँग प्रस्ताव गरे, तर कांग्रेस नेताहरूद्वारा तत्काल सहकार्यको सम्भावना नरहेको भन्दै ओलीको प्रस्ताव अस्वीकार । 

....       ....

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (२७ वैशाख)मा संसद्को विशेष अधिवेशन बोलाइएपछि कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा राजनीतिक भेटवार्ता बाक्लिएका छन् । तीन दिनमा देउवानिवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका छन् । र, पछिल्ला दुई वार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित छन् । 

बुधबार प्रधानमन्त्री केपी ओलीसहितका नेताले कांग्रेस सभापति देउवासहितका नेतासँग वार्ता गरेको अर्को दिन बिहीबार एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पनि बुढानीलकण्ठ नै पुगेर देउवासँग भेटवार्ता गरेका थिए । त्यसको अर्को दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानीलकण्ठ पुगेर विपक्षी गठबन्धनलाई बलियो बनाउने रणनीतिबारे छलफल गरेका छन् । देउवा र नेपालबीचको वार्ता पनि विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमै केन्द्रित थियो । 

संसद्मा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको घोषणापछि कांग्रेस, माओवादी, जसपा र एमालेको खनाल–नेपाल समूहसहितको विपक्षी गठबन्धन ओलीको योजना असफल पार्ने रणनीतिमा छ । उता ओली भने सके विश्वासको मत लिने र नभए विपक्षीको सहयोगमा संसद् विघटन गरेर मुलुकलाई चुनावमा लैजाने योजनामा छन् ।