मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २२ बुधबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुरानै क्वारेन्टिन ब्युँँताउने तयारीमा सोलुखुम्बुका स्थानीय तह

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २२ बुधबार ११:५६:००

सोलुखुम्बुका स्थानीय तहले पुरानै क्वारेन्टिन ब्युँताउने तयारी गरेका छन् । नेपालमा कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरूले पुरानै क्वारेन्टिन ब्युँताउने तयारी गरेका हुन् । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले फाप्लुमा व्यवस्थापन गरेको क्वारेन्टिन ब्युँताउने तयारी गरेको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए । 

थुलुङ दुधकोसी गाउँपालिकाको हरेक वडामा २०–२० बेडको क्वारेेन्टिन रहेको र पाँच बेडको कोभिड अस्पताल सञ्चालनमा रहेको गाउँपालिकाका सूचना अधिकारी विशालबाबु राईले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिकामा क्वारेन्टिनको व्यवस्थापन छैन भने आइसोलेसन निर्माणको तयारी गरिएको छ । गाउँपालिकाबाहिरबाट आएका व्यक्तिलाई होम क्वारेन्टिनमा राखिने र गाउँपालिकामा पाँच बेडको आइसोलेसनसमेत रहेको सोताङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताए ।

त्यस्तै, माप्य दुधकोसी गाउँपालिकाको दाम्कुमा १० बेडको क्वारेन्टिन पुरानै रहेको गाउँपालिका उपाध्यक्ष जुनितामाया रेग्मी मगरले बताइन् । नेचासल्यान र लिखुपिकेले पनि पुरानै क्वारेन्टिनलाई व्यवस्थित बनाउने जनाएको छ । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा महाकुलुङ गाउँपालिकाले दैवी प्रकोप व्यवस्थापन समितिको बैठक बसी थप निर्णय गरी क्वारेन्टिन व्यवस्थापन गर्ने स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए ।