१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २० सोमबार
  • Wednesday, 02 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७८ बैशाख २० सोमबार १o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाका कारण मृत्यु भए एक लाख दिने प्रदेश सरकारको घोषणा

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ बैशाख २० सोमबार १o:४३:oo

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसका कारण मृत्यु भएमा एक लाख दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपत् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी बताइन्। ‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी राखेको छैन,’  उनले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेशभित्रका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहतस्वरूप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो ।’

विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तर गरिएको प्रवक्ता केसीले बताइन्।