मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
२०७८ बैशाख १९ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

Read Time : < 1 मिनेट
२०७८ बैशाख १९ आइतबार १६:२९:००

एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 

पोखरेलले आइतबार दिएको राजीनामा यादवले तत्कालै स्वीकृत गरेका थिए । यादवले पोखरेललाई आतबारै मुख्यमन्त्रीका नियुक्त गरेका हुन् । 

यसअघि पोखरेलले एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै कांग्रेस, माओवादी केन्द्रलगायत दलका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर शपथ रोक्न लिखित निवेदन दिएका थिए ।