मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १८ शनिबार १०:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दुई महिना सबै जुटेर लडौँ : डा. अनुप बास्तोला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १८ शनिबार १०:३४:००

हामी अत्यन्तै गम्भीर मोडमा उभिएका छौँ । अघिल्लो वर्षको तुलनामा यसपटक तीव्र गतिमा संक्रमण फैलिएकाले तत्काल रोक्न सक्ने सम्भावना देखिँदैन । तर, सरकारले लकडाउन सुरु गरेको छ । यहीबीचमा आमनागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा अबको दुई महिनामा केही केस घटाउन सकिन्छ कि भन्ने आशा जागेको छ । अबका दुई महिना सबै जुटेर लडौँ । यो हाम्रो लागि मात्रै होइन, हाम्रो पुस्ताकै लागि खराब समय हो । 

अहिले निजी होस् कि सरकारी, कुनै अस्पतालले पनि नाफा नहेरौँ । भएका स्रोत–साधनको समुचित प्रयोग गरौँ । जनशक्ति व्यवस्थापनमा लागौँ । बेडहरू सधैँ प्याक हुँदैनन् । बेड भरिने, खाली हुने क्रम भइरहन्छ । व्यवस्थापन बेडको होइन भिडको गर्नुपर्नेछ । 

कस्ता बिरामी भर्ना गर्ने भन्ने योजना अब सबै अस्पतालले बनाउनुपर्छ । अक्सिजन दिएर राखेका बिरामीको स्वास्थ्यमा सुधार छ भने बेडमा राखिरहनुपर्दैन । अर्को गम्भीर बिरामीलाई भर्ना गर्ने र सुधार भएकालाई काउन्सिलिङ गरेर घर पठाउनुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना गरिरहेका छौँ । 

निजी–सरकारी गरेर हजारौँ बेड राजधानीमा मात्रै छ । कोभिड अस्पतालबाहेक सबै अस्पताल खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ । सबै जुटेको खण्डमा क्षति हुँदैन, जुट्न सकेनौँ भने ठूलो क्षति व्यहोर्नुपर्छ ।