१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १७ शुक्रबार
  • Sunday, 22 September, 2024
२o७८ बैशाख १७ शुक्रबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञा अवज्ञा गर्ने आठजनालाई कारबाही

निषेधाज्ञाको अवज्ञा गर्ने हजार भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १७ शुक्रबार १३:१८:oo

रुपन्देहीमा निषेधाज्ञा कडाइ गर्ने क्रममा निषेधाज्ञा अवज्ञा गर्ने आठजना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा अवज्ञा गर्ने एकजना महिलासहित आठजनालाई कारबाही गरिएको हो ।

उनीहरूलाई सम्झाइबुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई ड्युटीमा बाधा–अवरोध पुर्‍याएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्वास्थ्य मापदण्डदेखि महामारीबारे जानाकारी गराउँदा प्रहरीको ड्युटीमा अवरोध पुर्‍याएपछि उनीहरूलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको थियो । 

निजहरूमध्ये सातजना पुरुषलाई एक महिना कैद वा सोबराबरको जरिवानाअनुरूप जनही नाै हजार एक सय रुपैयाँ र एक महिलालाई जरिवानाबापत ६ सय जरिवाना तोकिएको थियो । तीमध्ये पाँचजना व्यक्तिलाई कैद र जरिवानाबापतको रकम दाखिला गराई छाडिएको र अन्य तीनजना कारागार चलान भएका छन् । 

एक महिना कैद वा सोबराबरको जरिवानाअनुरूपको रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ  ।यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा अवज्ञा गर्ने एक हजार २० वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । 

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये धेरै मोटरसाइकल रहेका छन् ।