१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
खजुरास्थित जनक शिक्षा सामग्री केन्द्र आइसोलेशनको अनुगमन गर्दै बाँकेका प्रजिअ शिवराम गेलाल, प्रहरी प्रमुख ओमबहादुर राना, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायत ।
२o८१ बैशाख २४ सोमबार १o:३२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संकट गहिरिएपछि बाँकेका स्थानीय तहमा धमाधम अक्सिजनसहित आइसोलेसन बनाइँदै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३२:oo

कोभिड– १९ को दोस्रो लहरले सबैभन्दा बढी संकट व्यहोरेपछि बाँकेका स्थानीय तह धमाधम अक्सिजनसहितको आइसोलेसन स्थापना गर्न जुटेका छन् । कोरोनाबाट थप क्षति व्यहोर्नु नपरोस् भनेर अक्सिजनसहितका आइसोलेसन वार्ड निर्माण हुन थालेको हो । 

नेपालगन्ज उपमहानगरपालिकाले ५० शड्ढयाको आइसोलेसन वार्ड निर्माण गरेको छ । त्यहाँ अक्सिजनको समेत प्रबन्ध गर्न थालिएको उपमहानगर प्रमुख डा. धवलशमशेर राणाले बताए । भेरी अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपमहानगरपालिकाले रामलीला मैदानस्थित नारी उत्थान केन्द्रको सभाहललाई आइसोलेसन वार्ड बनाउँदै छ । त्यहाँ अक्सिजनसहितको कोभिड अस्पताल बनाउन लागिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । ‘एक–दुई दिनमै कोभिड अस्पताल सञ्चालनमा ल्याउने गरी तयारी भएको छ,’ चन्दले भने । उपमहानगरपालिकाले ह्वाइटहाउसमा सञ्चालन गरिरहेको आइसोलेसन केन्द्रलाई पनि नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।

खजुरामा ४० बेडको आइसोलेसन
खजुरा गाउँपालिकाले खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रमा ४० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेसनमा २० वटा अक्सिजन बेड राखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले आवश्यकताअनुसार बेड थप्दै जाने बताए । बैजनाथ गाउँपालिकाले २१ बेडका कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको छ ।  

पाँच बेडको अक्सिजनसहितको कोभिड अस्पताल पहिलेदेखि नै सञ्चालनमा रहेको र थप १६ बेड निर्माण कार्य जारी रहेको गाउँपालिका प्रमुख मानबहादुर रुचालले बताए । उनले २५ वटा अक्सिजन सिलिन्डर खरिद गरी सबै बेडलाई अक्सिजनयुक्त बनाइने बताए । ‘आवश्यकता परे गाउँपालिकाभित्र रहेका टिटिहिरिया, चिसापानी र नौबस्ता स्वास्थ्य चौकीमा अक्सिजनसहितको पाँच–पाँच बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ,’ उनले भने ।

बैजनाथ गाउँपालिकाले गनापुरस्थित खुला कारागारलाई ५० बेडको आइसोलेसन बनाउने भएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले बताए । उनले उक्त आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर राखिने बताए । २४ बेडको आइसोलेसन १५ वैशाखबाट सञ्चालनमा आउँछ । ‘आवश्यकताअनुसार बेड संख्या थप्दै जाने गाउँपालिकाको योजना छ,’ उनले भने । 

नरैनापुरमा २५ बेडको आइसोलेसन
नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेसनमा नौजना संक्रमित बसेर स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र यादवले बताए । उनले आइसोलेसनमा दुईवटा अक्सिजन सिलिन्डर जडान भएको बताए । 

कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिका– २ स्थित प्राकृतिक चिकित्सालय तथा योग केन्द्रलाई कोभिड आइसोलेसन बनाउन लागेको छ । अक्सिजनसहित ५० बेडको आइसोलेसन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताए । उनले चारवटा अक्सिजन सिलिन्डरसहित १५ बेडको आइसोलेसन सञ्चालनमा रहेको बताउँदै तत्काल २५ बेड पुर्‍याउन लागेको बताए । ‘सोही आइसोलेसनलाई ४० बेड पु¥याउने नगरपालिकाको योजना छ,’ उनले भने । 

आइसोलेसनमा एकजना मेडिकल अफिसर, चारजना स्टाफ नर्स र दुईजना एचएले सेवा दिइरहेको बताए । होम आइसोलेसनमा रहेका संक्रमितको निगरानी अनलाइनमार्फत स्वास्थ्यकर्मीले गर्दै आएको बताउँदै उनले औषधि उपचार पनि नगरपालिकाले नि:शुल्क गर्दै आएको जानकारी दिए । बिरामीलाई अस्पताल पुर्‍याउन र ल्याउन एम्बुलेन्स तयारी अवस्थामा छ । आइसोलेसन सञ्चालनका लागि स्रोत व्यवस्थापन भइसकेको छ,’ उनले भने । 

राप्ती–सोनारीमा तीनवटा वडामा आइसोलेसन खुल्दै
राप्ती–सोनारी गाउँपालिकाले तीनवटा वडामा आइसोलेसन सञ्चालनमा ल्याउने भएको छ । उसले कचनापुर, बैजापुर र फत्तेपुरमा आइसोलेसन सञ्चालनमा ल्याउन लागेको स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए । उनले कचनापुर र बैजापुरमा १५–१५ तथा फत्तेपुरमा ६ बेडको आइसोलेसन सञ्चालनमा ल्याउन लागेको बताए । कचनापुरमा तीनथान अक्सिजनसहितका आइसोलेसन सञ्चालनमा रहेको बताउँदै बैजापुर स्वास्थ्य चौकीमा तीनवटा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउन खोज्दा स्थानीयले विरोध गरेको बताए । गाउँपालिकाका १७ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । उनीहरू कचनापुरस्थित आइसोलेसनमा बसेका छन् । 

खजुरा–१ का अध्यक्षले बनाए आइसोलेसन
खजुुरा गाउँपालिका– १ का वडाध्यक्ष सुमन मल्लले आफ्नै खर्चमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । उनले राधापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको १० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको बताए । गाउँपालिकामा बजेट नभएपछि आफ्नो वडाका बिरामीका लागि आफ्नै खर्चमा आइसोलेसन सञ्चालनमा ल्याएको उनले दाबी गरे । बाँकेमा कोरोना संक्रमणको अवस्था भयावह भएपछि उपचार नपाउने अवस्था सिर्जना भएपछि आइसोलेसन निर्माणमा जुटेको जानकारी दिए । ‘मैले मार्केटिङका लागि अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको होइन । आफ्नो वडाका जनताको पीडा हेर्न नसकेर आइसोलेसन सञ्चालन गरेको हुँ,’ वडाध्यक्ष मल्लले भने । ‘एक्स–रे मेसिन आइपुगेको छ । प्राविधिकले १४ वैशाखमा जडान गरेपछि १५ गतेबाट सञ्चालनमा ल्याउँछौँ,’ वडाध्यक्ष मल्लले भने ।

भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजको क्षमता विस्तार

बाँकेका भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरले संक्रमितको संख्या बढ्दै जाँदा बेड क्षमता विस्तार गरेका छन् । संक्रमितको संख्या बढ्दै गर्दा ती अस्पताल भरिभराउ छन् । संक्रमितको संख्या दिनप्रतिदिन थपिँदै गएपछि दुवै अस्पताललाई संक्रमित थेग्न मुस्किल परिरहेको छ । संक्रमण दर बढेसँगै दुवै अस्पतालले बेड थप्दै सेवा विस्तारसमेत गरेका छन् । एक सय ४२ बेडको भेरी कोरोना विशेष अस्पताल दुई सय बेड क्षमतको बनाइएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि बेड थप गरी सय पुर्‍याएको उपनिर्देशकसमेत रहेका कोरोना फोकलपर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । 

शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ४८ जना संक्रमित उपचाररत छन् । तीमध्ये २८ जनाको आइसियूमा र अन्यको अक्सिजन सुविधा भएको आइसोलेसनमा उपचार भइरहेको छ । ‘सामान्य खालका बिरामीलाई भर्ना नलिएर होम आइसोेलेसनमा पठाउन थालेका छौँ । यहाँ उपचाररत २० जनाको स्वास्थ्य अवस्था मध्यम र २८ जनाको जटिल छ,’ डा. श्रेष्ठले भने ।

उनले शिक्षण अस्पताल कोहलपुरलाई कोभिड अस्पतालका रूपमा विकास गर्न लागिएको बताए । दुई सय ५० बेड बनाएर कोभिडका बिरामीको मात्र उपचार गर्ने योजना रहेको उनको भनाइ छ । ‘जनरल वार्डमा रहेका ननकोभिड बिरामीलाई नेपालगन्ज स्थानान्तर गरेर यहाँ कोभिडका बिरामीको मात्र उपचार गर्ने केन्द्र बनाउन लागेका छौँ । सरकारले कोरोनाका क्रिटिकल बिरामीको उपचार गर्न विशेष खालको ५० बेड दिने भएको छ । यो हाम्रो लागि सौभाग्य हो,’ डा. श्रेष्ठले भने ।

शिक्षण अस्पतालमा पाँच सय ६० जना जनशक्ति कार्यरत छन् । तीमध्ये ४० जना पजिटिभ भइसकेको उनले जानकारी दिए । कोरोना संक्रमण दर बढेपछि भेरी अस्पतालले पनि बेड थप गरी सेवा वृद्धि गरेको जनाएको छ । सय बेडलाई वृद्धि गरी दुई सय बेड पुर्‍याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । उनले एक सय ४२ जनाको स्वास्थ्य अवस्था सामान्य र ७२ जना सिकिस्त भएको बताए ।

त्यसैगरी, होटेल ह्वाइटहाउसमा ४३, खजुरास्थित जनक शिक्षा सामग्री केन्द्र आइसोलेसनमा दुईजना र खजुराको राधापुर आइसोलेसनमा सातजना उपचाररत छन् । खजुराका जनक शिक्षा आइसोलेसनमा रहेका एक र राधापुर आइसोलेसनमा रहेका चारजनाको अवस्था मध्यम रहेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । राप्ती–सोनारी गाउँपालिकाको कचनापुर आइसोलेसनमा १७ जनाले स्वास्थ्य लाभ गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए ।

ad
ad