मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ९ बिहीबार
  • Monday, 14 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ९ बिहीबार १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली र नेपालबीच आज पनि भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ९ बिहीबार १४:४७:oo

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता सुरु भएको छ । नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो साढे दुई बजेपछि भेटवार्ता सुरु भएको हो । 

ओली र नेपालबीच बुधबार पनि भेटवार्ता भएको थियो । तर, बुधबारको बैठकमा दुवै नेताले आ–आफ्ना अडान राखेका थिए । थप गृहकार्यपछि बिहीबार पुनः वार्ता गर्ने गरी ओली र नेपाल बाहिरिएका थिए । 

ओली र नेपाल आफूपक्षीय नेताहरूसँग छलफल गरेर पुनः वार्तामा बसेका हुन् । २ फागुन ०७५ फर्कनुपर्ने नेपालको प्रस्तावलाई बुधबारको छलफलमा ओलीले अस्वीकार गरिदिएका थिए ।

यो पनि पढ्नुस्
ओली–नेपाल भेट : २ फागुनमै फर्कनुपर्ने नेपालको प्रस्ताव ओलीले गरे अस्वीकार