१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ बैशाख ३ शुक्रबार ०९:१८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जितपुर सिमरा गोल्डकप : सडन डेथमा बागमती विजयी

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३ शुक्रबार ०९:१८:००

बागमती युवा क्लब सर्लाहीले सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै जितपुर सिमरा गोल्डकपको अन्तिम आठमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा सडन डेथबाट निकालिएको हो । 

सडन डेथमा बागमतीका गोलरक्षक अरुण ब्लोनले गोल गरे भने सेन्ट्रल कलेज भरतपुर एफसीका प्रज्वल थापाको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा खेल अवधिभर पाएका थुप्रै राम्रा अवसरको सदुपयोेग गर्न नसक्दा सेन्ट्रल कलेज भरतपुर एफसी पहिलो खेलबाटै बाहिरिनु परेको छ । शुक्रबार सुदूरपश्चिम ११ स्पोर्टस् क्लब धनगढी र युथ हेटौँडाबीच खेल हुने आयोजकले जनाएको छ ।