मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३० सोमबार १९:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामपन्थीविरोधीहरूलाई सफल हुन दिन्नँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३० सोमबार १९:०९:००

प्रधानमन्त्री केपी ओलीले वामपन्थीविरोधीहरूलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेको बताए । 

विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको ओलीको दाबी छ । झन्डै दुईतिहाइको पार्टी फुटाएर वर्तमान सरकार ठाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भनी उनले व्यंग्य गरे । 

उनले भने, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन हौ । शेरबहादुरजीलाई भेट्यो । दाइ प्रधानमन्त्री भइदिनुप¥यो । महन्थजीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भइदिनुप¥यो । किनभन्दा कम्युनिस्ट सरकार ठाल्नुप¥यो क्या त्यसकारण शेरबहादुर भइदिनुप¥यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुप¥यो । कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिस्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्वहरू अहिले पनि छन् । सल्बलाइरहेका छन् । यी चुनौतीहरू अहिले पनि छन् । तर, तपाईंहरू ढुक्क रहनुहोस् यस्ता छद्मभेषी, वामपन्थीविरोधी, कम्युनिस्टविरोधी, प्रगतिविरोधी, अग्रगामी आन्दोलनविरोधी, राष्ट्रियता, लोकतन्त्रविरोधी तत्वहरूलाई सफलताका साथ अगाडि जान दिइनेछैन । यिनका गलत र आपराधिक उद्देश्यहरू सफल हुन सक्नेछैन ।’

आफूहरूले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । उनले भने, ‘सदस्यताबाट निष्कासन गरे धित पु¥याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौँ, त्यसपछि सक्कियो ।’

उनले नेकपा एमाले, कम्युनिस्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुईतिहाइको सरकार ढलाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्यत् रहेको दाबी गरे । ओलीले समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती पनि दिएका छन् ।