मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ चैत ३० सोमबार ११:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विराट गोल्डकप : पन्जाब पुलिस सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ चैत ३० सोमबार ११:०९:००

रात्रिकालीन समयमा आयोजना भइरहेको विराट गोल्डकप फुटबल प्रतियोगिताको आइतबार  सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा मच्छिन्द्र क्लब काठमाडांैलाई पराजित गर्दै भारतको पन्जाब पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा पन्जाब पुलिसले २–० गोल अन्तरले मच्छिन्द्र क्लबलाई हराएको हो । आयोजकका अनुसार सोमबारको खेल दुई विभागीय टिम नेपाल पुलिस र सशस्त्र प्रहरी (एपिएफ)बीच हुनेछ । शनिबार सम्पन्न खेलमा भारतको पश्चिम बंगला युनाइटेड क्लब सिलिगुडीलाई पराजित गर्दै विराटनगर–११ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

विराट गोल्ड कपको जारी सिरिजमा विजयी बन्ने टिमले १५ लाख १५ हजार र उपविजेताले सात लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ । ४ वैशाखसम्म हुने प्रतियोगिताका सबै खेल साँझमा हुनेछन् । रात्रिकालीन प्रतियोगिताका लागि विराटनगरको सहिद मैदानमा स्थायी लाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

तीन विदेशी टिमसहित १० टिमको प्रतियोगितामा सहभागिता जनाएका छन् । सहभागी सबै टिमले म्याच फी पाउनेछन् । पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वार्टर फाइनलबाट बाहिरिनेले ५० हजार र सेमिफाइनलमा पराजित टिमले ७५ हजार म्याच फी पाउने आयोजकले जनाएको छ । 

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यानअफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, हाइस्कोरर, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।