Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत २९ आइतबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घर झगडाको निहुँमा हत्या

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत २९ आइतबार १३:४९:००

घरायसी विवादमा छोराले धारिलो हतियार प्रहार गर्दा मोरङको विराटनगरमा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ बलुवाई टोलका ५२ वर्षीय विको सहनीको आफ्नै छोराले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 

मोरङका एसपी सन्तोष खडकाका अनुसार प्रारम्भिक अनुसन्धानअनुसार शनिबार राति आपसी लेनलेनको विषयमा बाबु–छोराहरूबीच झगडा भएको थियो । झगडाका क्रममा आक्रोशित भएका माइला छोराले बाबुमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए । 

घाइते सहनीको राति १० बजे कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो । सहनीका जेठा र कान्छा छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको र माइलो छोरा फरार भएकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

एसपी खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा छोराले प्रहार गरेको धारिलो हतियारले बाबुको ज्यान गएको देखिएको छ । घटनामा संलग्न र कारणबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।