
बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले नयाँ मोडल ७५२एस बजारमा ल्याएको छ । कम्पनीले चालकको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ उत्साह र आनन्द दिने मोडेलका रूपमा यो मोटरसाइकल बजारमा ल्याएको हो ।
बेनेली ७५२एस सिरिजको पुनस्र्थापना गरेपश्चात् यो मोटरसाइकल उच्चस्तरका भन्दा मध्यमस्तरीय मोटरसाइकलका रूपमा बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । यसमा मजबुत, नेकेड, ग्यारेन्टी, विश्वासिलो र आनन्द प्राप्त गर्न सकिने विशेषता रहेको जनाइएको छ ।
यसमा बलियो ट्युबफ्रेम र स्टिल प्लेटको आकार हुनुका साथै चारवटा स्ट्रोकको ७५० सिसी लिक्युड–कुल्ड ट्विन सिलिन्डरको इन्जिन, ७६ एचपीमा ८५०० आरपिएम र ६७ एनएममा ६५०० आरपिएम पावर तथा म्याक्सिमम टर्क जडान गरिएको कम्पनीको दाबी छ ।
यसको प्रत्येक सिलिन्डरमा चारवटा भल्भ रहेको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी रहेको जनाइएको छ । यसमा हाइड्रोलिक रिवाउन्ड ब्रेक, ब्रेम्बो ब्रेकिङ सिस्टम, सेमी फ्लोटिङ डिस्क, अगाडि फोर पिस्टन क्यालिपर तथा पछाडि डबल पिस्टन फ्लोटिङ क्यालिपर रहेको जनाइएको छ ।
त्यस्तै, १७ इन्चको आलिमिनियम एलोय ह्विल र १४.५ लिटर क्षमताको पेट्रोल ट्यांकी रहेको कम्पनीले जनाएको छ । ७५२एस बेनेलीको सबै सोरुममा सेतो, रातो, कालो तथा हरियो गरी ४ रङमा उपलब्ध हुने जनाइएको छ ।