मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाईहरूको व्यवसाय विस्तारमा प्राइम बैंकले सघाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार ०६:१७:००

प्राइम कमर्सियल बैंक लिमिटेडले कपाल काट्ने पुख्र्यौली पेसा रहेका नाईहरूको संगठन नेपाल नाई ट्रेड युनियनसँग सम्झौता गरेको छ । बैंकले उनीहरूको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले सम्झौता गरेको हो । 

सम्झौताअनुसार उनीहरूको पेसालाई व्यवसायीकरण गर्ने उद्देश्यले संगठनका सम्पूर्ण बैंकिङ सेवा–सुविधा एकै ढोकाबाट उपलब्ध गराउने लक्ष्य रहेको बैंकले जनाएको छ । साथै, बैंकले सदस्यहरूलाई दुर्घटना एवं अस्पताल भर्ना बिमालगायतका सुविधा प्रदान गर्ने जनाइएको छ । बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरूको प्राइम बैंकमा संस्थागत, व्यावसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था मिलाउने जनाएको छ । 

व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यलाई पहिलो वर्ष निःशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, परिवारका दुईजनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले दुई वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाखबराबरको दुर्घटना बिमा र २५ हजारबराबरको अस्पताल भर्ना बिमा उपलब्ध गराउने जनाइएको छ ।

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्युआर कोडको व्यवस्था गर्ने र यसमार्फत कारोबार गरेबापत यो सम्झौता मितिले पहिलो तीन महिनासम्मका लागि कारोबारमा प्रोत्साहनस्वरूप बैंकले प्रतिकारोबार ५ रुपैयाँ थप गरिदिने जनाएको छ ।

यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रतिऋणी ५० हजारदेखि २ लाख रुपैयाँसम्म सरल प्रक्रियाबाट सामूहिक लगानी गर्ने जनाइएको छ । आवश्यक्ताका आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।