चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो।
पहिलो चरणमा यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुरुवाती खोप लगाउने समयमा बानेश्वरस्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छीसमेत सहभागी थिइन् । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर